राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश
काठमाडौं । मुस्लिम र थारू आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।
सोमबार राष्ट्रपतिको कार्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा मुस्लिम र थारू आयोगका अध्यक्षहरूले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
जसनुसार, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी आ–आफ्नो आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
उनीहरुले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।