विद्युतीय मोटरबाट करेन्ट लागेर युवकको मृत्यु

तु खबर संवाददाता
२०८१ आश्विन २२,मंगलवार १५:०१
file-photo

रौतहट । रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय यमुनामाई गाउँपालिका–५, मिठुअबा गाउँका २६ वर्षीय अस्लोक कुमार महतो रहेका छन् ।

प्रहरीका अनुसार, उनलाई आफ्नै खेतमा धान बालीमा पानी हाल्न जडान गरिएको मोटरको तार जोडने क्रममा करेन्ट लागेको थियो ।

उनको उपचारको लागि शिवदर्शण अस्पताल सुकदेव चोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक महताको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको तथा घटना बारे अनुसन्धान भइरहेको जनाइएको छ ।