सरकारले वैदेशिक रोजगारीमा मृत्यु हुनेका परिवारलाई १० लाख दिने
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ दिने भएको छ । असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरेको हो । यसअघि ७ लाख रुपैयाँ दिँदै आएको आर्थिक सहायता रकम बढाएर १० लाख रुपैयाँ पुर्याएको हो ।
उक्त आर्थिक सहायता वैदेशिक रोजगार बोर्डमार्फत् उपलब्ध हुँदै आएको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएको कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले मृत्यु भएमा मृतकको नजिकको हकवालाले आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।
त्यस्तै, शव नेपाल झिकाउन र शवलाई घरसम्म पु¥याउन समेत बोर्डले आर्थिक सहायता गर्दै आएको र दाहसंस्कारका लागि परिवारलाई २५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।