सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोडभन्दा बढी रकम संकलन

तु खबर संवाददाता
२०८१ आश्विन २३,बुधबार १५:४३
file-photo

काठमाडौं । सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोडभन्दा बढी रकम संकलन भएको छ ।

कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ रकम संकलन भएको हो ।

चालू आर्थिक वर्ष २०८१–८२ को भदौ–असोज तेस्रो सातासम्म कोषमा ८ अर्ब ६३ करोड ११ लाख रुपैयाँ योगदान रकम थप भएको कोषले जनाएको हो ।

गत आर्थिक वर्ष २०८०û८१ असार तेस्रो सातासम्म कोषमा योगदानबापत ५७ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ संकलन भएको थियो ।

२०७५ मङ्सिर ११ देखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ देखि योगदान रकम संकलनको थालनी गरेकोमा हालसम्म उक्त रकम संकलन भएको जनाइएको छ ।