भीमफेदीमा सवारी दुर्घटना हुँदा ३५ जना घाइते, ६ को अवस्था गम्भीर

तु खबर संवाददाता
२०८१ आश्विन २४,बिहीबार १०:०८

मकवानपुर । हेटौंडा–भीमफेदी सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका–४, गोल्पिङबेसीमा बुधबार साँझ सवारी दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौंबाट जनकपुरका लागि आउँदै गरेको बा ३ ख २७२३ नम्बरको मिनीबस एकापसमा ठोक्किँदा हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ज ८० नम्बरको ट्याक्सीसँग ठोक्किँदा बस सडकबाट करिब १० फिट तल खसेर दुर्घटना हुँदा दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

घाइतेहरुको उद्धार गरी उपचारका लागि हेटौंडास्थित अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, घाइतेमध्ये ६ जनाको अवस्थामा गम्भीर रहेको छ । उनीहरुलाई चितवन पठाइएको र बाँकी सबै घाइतेहरुको हेटौंडा अस्पतालमै उपचार भइरहेको छ ।

दुर्घटनामा परी घाइते भएकाको नाम ठेगाना हालसम्म खुल्न नसकेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।