आजदेखि सरकारी कार्यालय खुल्दै

तु खबर संवाददाता
२०८१ आश्विन २९,मंगलवार ०९:५१

काठमाडौं । आजदेखि सरकारी कार्यालय खुल्दैछन् । दशैँको सार्वजनिक विदा आज (मंगलबार) देखि सकिएसँगै सार्वजनिक कार्यालय खुल्न लागेको हो ।

नेपालीहरुको महान पर्व बडादशैँको विदा सप्तमी अर्थात असोज २४ देखि सुरु भएको थियो ।

दशैँको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक १ सम्मनै जारी रहने जनाइएको छ । जसअनुसार आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम जारी रहनेछ ।