हेटौंडामा मनायो ६९ औं प्रहरी दिवस

तु खबर संवाददाता
२०८१ आश्विन २९,मंगलवार १६:०४

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ६९ औं प्रहरी दिवस मनाईँएको छ ।

मंगलबार प्रदेश प्रहरी कार्यालय हेटौंडाले श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरी प्रहरी दिवस मनाएको हो ।

सो अवसरमा प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक कृष्णहरि शर्माले अमर प्रहरी स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।।

कार्यक्रममा मकवानपुरको राक्सिराङ गाउँपालिका–५ का अमर प्रहरी शिबन कुमार प्रजाका परिवारलाई ६० हजार रुपैयाँ नगद रकमसहित दोसल्लाह ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए ।