आगामी कात्तिक २–३ गते भिटामिन र जुकाको औषधि खुवाइँदै

तु खबर संवाददाता
२०८१ आश्विन २९,मंगलवार १६:३०

काठमाडौं । आगामी कात्तिक २ र ३ गते देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको हो ।

साथै, मन्त्रालयले १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन भनिएको छ ।

थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।