प्रधानमन्त्रीद्वारा विपद्‌बारे राष्ट्रिय परिषद्को बैठक आह्वान

तु खबर संवाददाता
२०८१ आश्विन ३०,बुधबार १६:०६
file-photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्‌बारे राष्ट्रिय परिषद्को बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति र शुक्रबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्ने गरी आह्वान गरेका हुन् ।

गत असोज १० गतेदेखि १२ असोजमा आएको अविरल वर्षापछि गएको बाढी–पहिरो प्रभावातिहरुका लागि विभिन्न नीतिगत निर्णयहरु गर्न बैठकहरु आह्वान गरिएको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनअनुसार गठित समिति र परिषद् बैठकमा छलफल गर्न विभिन्न एजेण्डाहरु तय भइसकेको जनाइएको छ ।