सत्तारुढ दलहरूको बैठक बस्दै

तु खबर संवाददाता
२०८१ कार्तिक ९,शुक्रबार ११:०७
file-photo

काठमाडौं । आज बस्ने सत्तारुढ दलहरूको बैठक आह्वान गरिएको छ । बैठक अपराह्न ३ बजे बस्ने गरी आह्वान गरिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, बैठकमा मन्त्रीहरूको काम कारबाहीको समीक्षा, विपक्षी दलहरूले घोषणा गरेको आन्दोलन, सुरक्षा र शुभ दिपावदी लक्षित सरकारको योजनाबारे छलफल हुने जनाइएको छ ।