आज यी स्थानमा वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८१ कार्तिक १०,शनिबार ०९:४०

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी प्रदेश लगायत देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।

साथै महाशाखाले ती क्षेत्रहरुमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

महाशाखा अनुसार, हाल देशभर पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव रहेको र त्यसको प्रभावले कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही कोशी प्रदेशको केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।