आज कति छ विदेशी मुद्राको विनिमय दर ?

तु खबर संवाददाता
२०८१ कार्तिक १०,शनिबार ०९:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक १० गते शनिबार लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ ।

राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३४.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.८४ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५.२८ रुपैयाँ रहेको छ भने बिक्रीदर १४५.९३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५४.७७ रुपैयाँ र बिक्रीदर १५५. ४६ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८८.९९ रुपैयाँ र बिक्रीदर ९२.३९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.९२ रुपैयाँ र बिक्रीदर ९७.३५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.६५ रुपैयाँ र बिक्रीदर १०३.८२ रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, जापानी येन १० को खरिददर ८.८४ रुपैयाँ र बिक्रीदर ८.८८ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.८४ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ रहेको छ ।