हेटौंडामा जिल्ला स्तरीय स्नुकर प्रतियोगिता सुरु

तु खबर संवाददाता
२०८१ कार्तिक १०,शनिबार १५:४८

मकवानपुर । हेटौंडामा प्रथम संस्करणको जिल्लास्तरीय मेयरकप स्नुकर प्रतियोगिता सुरु भएको छ । आजबाट ४ दिनसम्म प्रतियोगिता हुने जनाइएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा प्रतियोगिता सुरु भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर मिनाकुमारी लामाले हेटौंडालाई स्नुकरको तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उपमहानगरको तर्फबाट विशेष सहयोग हुने बताइन् । उनले उपमहानगरपालिकाबाट सम्पूर्ण खेल क्षेत्रको विकासको लागि काम भइरहेको समेत बताइन् ।

प्रतियोगितामा मकवानपुर जिल्लाका स्नुकर खेलाडीहरुले सहभागिता जनाएका छन् । बाहिरी जिल्लाले आयोजना गरेको प्रतियोगितामा सहभागी भएर उपाधि जितेको र राष्ट्रियस्तरको च्याम्पियनले प्रतियोगितामा सहभागी भएका खेलाडीले सहभागी हुन नपाउने जनाइएको छ । नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिता हेटौंडा–४ स्थित बुद्ध स्नुकर हाउस र हेटौंडा–१० स्थित एसवान स्नुकर हाउसमा सञ्चालन भइरहेको छ ।

प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुलाई क्रमशः ६० हजार रुपैयाँ, ३० हजार रुपैयाँ, ६/६ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । हाइ स्कोर ब्रेकर र राइजिङ प्लेयरलाई ५/५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।