मकवानपुरको थाहामा प्लाष्टिकको फूल बिक्री–वितरणमा रोक

तु खबर संवाददाता
२०८१ कार्तिक ११,आईतवार ०९:५०
file-photo

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा प्लाष्टिकको फूल बिक्री, वितरण एवम् प्रयोगमा रोक लगाइएको छ ।

फूलको अधिक प्रयोग गर्ने पर्व नजिकिएसँगै नगरपालिकाले नगरक्षेत्रमा प्लाष्टिकको फूल बिक्री, वितरण एवम् प्रयोगमा रोक लगाएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले एक सूचना जारी गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न र प्लाष्टिकका फूलको प्रयोगले वातावरणमा क्षति पुग्ने भन्दै नगरपालिकाले प्लाष्टिकको फूल बिक्री, वितरण एवम् प्रयोगमा रोक लगाएको जानकारी दिए ।

उनका अनुसार, नगर प्रमुखसहितको निर्णयानुसार नगरबासीमा प्राकृतिक फूलमालाको प्रयोग गर्न भनिएको हो ।

साथै जारी सूचना विपरीत कार्य गरेको पाइएमा नगरपालिकाले नियमनको दायरामा ल्याउने  पनि भनिएको छ ।