हेटौंडा–९ मा टी–२० क्रिकेट प्रतियोगिता सुरु

तु खबर संवाददाता
२०८१ कार्तिक ११,आईतवार १६:४३
file-photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसर आयोजित उक्त प्रतियोगिताको आइतबारबाट सुरु भएको हो ।

मानवेश्वर युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको ९ नम्वर वडाध्यक्ष सुकराम केसीले उद्घाटन गरेका हुन् ।

खेल प्रतियोगिताको आज भएका पहिलो खेलमा शान्तिटोलले विजयी सुरुवात गरेको आयोजक मानवेश्वर क्लबका कार्यक्रम संयोजक एन्जल अधिकारीले जानकारी दिए ।

निर्धारित २० ओभरमा १५२ रनको विजय लक्ष्य दिएको स्थानीय धाप टोललाई पछि लगाउँदै ९ विकेटको क्षतीमा शान्ति टोलले विजयी हाँसिल गरेको हो ।

प्रतियोगितामा स्थानीय ६ वटा टोल विकास संस्थाले सहभागिता जनाएको छ । प्रतियोगिताको विजेता र उपविजेता समूहले क्रमशः ३० हजार र १५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता कात्तिक १५ गते लक्ष्मीपुजाको दिन समापन हुनेछ । प्रतियोगिताको उद्घान सत्र सुशान्त थापा मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।