शैक्षिक सुधारको लागि बकैया गाउँपालिका र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

तु खबर संवाददाता
२०८१ कार्तिक ११,आईतवार १७:४६

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका र काठमाडौं विश्वविद्यालयबीच शैक्षिक सुधारको लागि सम्झौता भएको छ । आइतबार गाउँपालिकामा आयोजित एक कार्यक्रमबीच गाउँपालिका र विश्वविद्यालयबीच शैक्षिक सुधारसम्बन्धी सम्झौता भएको हो ।

पालिकाको चालु आर्थिक वर्ष २०८१–०८२ को स्वीकृत शैक्षिक गुणस्तर सुदृढीकरण कार्यकम एवम् केयु बकैया फेलोसिप कार्यक्रम अन्तरगत सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा पालिकाका अध्यक्ष धर्मराम लामिछाने र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका शिक्षक रिसर्चर केवल खत्रीले हस्ताक्षर गरेका छन् । पालिका र विश्वविद्यालयकबीच २०८२ कार्तिक १० गतेसम्मका लागि सम्झौता भएको हो ।

साम्झौता पत्र साटासाट गर्दै गाउँपालिका अध्यक्ष लामिछानेले आफू निर्वाचित भए पश्चात पालिकामा कृषि र शिक्षाको सुधारबारे संघर्ष गर्दै आएको भएपनि शिक्षाको अवस्था अझै कमजोर भएकाले सुधारको लागि लागिपरेको बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका शिक्षक रिसर्चर साहस भण्डारी, गाउँपालिकाका शिक्षा अधिकृत आइतराम तामाङ लगायत गाउँपालिकाका महाशाखा प्रमुखको सहभागिता रहेको थियो ।