स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०८१ कार्तिक १२,सोमबार ०९:२१
सांकेतिक तस्बिर

रौतहट । रौतहटबाट स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला ढाका थाना क्षेत्र अन्तर्गत फूलवरीया गाउँ बस्ने वर्ष ४८ को त्रिभुवन चौधरी रहेको प्रहरीले जनाएको छ ।

उनलाई आइतबार साँझ अस्थायी प्रहरी पोस्ट महादेव पट्टीको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, सीमावर्ती भारतीय बजार बैरगनियाबाट मोटरसाइकलमा गौर आएका चौधरीलाई रोकी चेकजाँच गरिएको थियो । सो क्रममा उनले बोकेको नाइलनको झोलामा ५ सय थानको नेपाली ५ लाख रुपैयाँ बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

बरामद रकम र मोटरसाइकलसहित पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।