राज्य व्यवस्था समितिको बैठक बस्दै, प्रधानमन्त्री पनि सहभागी हुने

तु खबर संवाददाता
२०८१ कार्तिक १२,सोमबार ०९:३९
file-photo

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक समितिको ४१ औँ बैठक दिउँसो सवा १२ बजे बस्ने गरी बोलाइएको हो ।

सिंहदरबारमा बस्ने उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने जनाइएको छ ।