लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८१ कार्तिक १२,सोमबार १०:२३

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, नमुना टोलबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही स्थान बस्ने २३ वर्षीय सुजन गुरुङ र हेटौंडा– १०, बस्ने ३३ वर्षीय अजय गहतराज रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

उनीहरुलाई लागूऔषध खैरो हिरोइनको धुलो ४ ग्रामसहित कात्तिक १० गते राति अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, शंकास्पद रुपमा हिडिरहेका उनीहरुलाई खानतलासी गर्दा सो परिणामको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुलाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य अगाडि बढाएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।