कतिमा कारोबार हुँदैछ सोमबार सुनचाँदी

तु खबर संवाददाता
२०८१ कार्तिक १२,सोमबार १५:२२

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, भाउ घटेसँगै आज सुन प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ६७ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज नेपाली बजारमा चाँदीको पनि भाउ घटेको छ । आइतबार तोलामा २ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर २ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।