दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०८१ कार्तिक १२,सोमबार १६:०६

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार । यसदिन शेयर बजार दोहोरो अंकले बढेको छ ।

आज नेप्से परिसूचक २७ दशमलव ४१ अंकले बढेर २ हजार ६४५ दशमलव ३६ बिन्दुमा उक्लिएर रोकिएको छ ।

आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा कुल ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको जनाइएको छ ।

यसदिन कुल २१३ कम्पनीको मूल्य बढेको छ भने २८ कम्पनीको घट्दा २ कम्पनीको मूल्य स्थिर बन्यो ।