हेटौंडामा जारी नकआउट फुटबलको सेमिफाइनल खेल सकियो

तु खबर संवाददाता
२०८१ कार्तिक १२,सोमबार १६:२३

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा जारी नकआउट फुटबलको सेमिफाइनल खेल सकिएको छ ।

बडादशैं र शुभदिपावलीको अवसरमा आधामार टोल विकास संस्थाले आयोजना गरेको उक्त प्रतियोगिताको समिफाइनल खेल आइतबार नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

आइतबार भएको सेमिफाइनल खेलमा शान्ति समाज टोल विकास र रमन्थली टोल विकासबीच प्रतिस्पर्धा भएको थियो । सो प्रतिस्पर्धामा पेनाल्टी सुट आउट मार्फत् रमन्थलीलाई पराजित गर्दै शान्ति समाजले फाइनलमा आफ्नो स्थान बनाएको हो ।

प्रतियोगिताको फाइनल खेल कार्तिक १४ गते दिउँसो १ बजेदेखि सुरु हुनेछ । उपाधिको लागि शान्ति समाज टोल विकास र सक्रिय टोल विकासबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम हुने समूहले ५० हजार रुपैया र द्धितिय समूहले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।