मकवानपुरमा थपिए ६९ जना डेंगु संक्रमितका बिरामी

तु खबर संवाददाता
२०८१ कार्तिक १२,सोमबार १८:०२
file-photo

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा ६९ जना डेंगु संक्रमितका बिरामी फेला परेका छन् ।

जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, सो अवधिमा सबैभन्दा धेरै संक्रमितका हेटौंडा उपमहानगरपालिमा थपिएका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा ६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

यसैगरी, मकवानपुरगढी गाउँपालिकामा एक जना र मनहरी गाउँपालिकामा २ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

आज थपिएसँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या १ हजार ४८३ जना पुगेको छ । जसमा ७७० पुरुष र ७१३ महिला रहेका छन् ।

उक्त तथ्याङ गत साउन महिनादेखि आजसम्मको रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

कुन पालिकामा कति छन् डेंगु संक्रमितका बिरामी ?

  • हेटौंडा उपमहानगरपालिकामा ६१० पुरुष र ५९४ महिला गरी १ हजार २०४ जना
  • थाहा नगरपालिकामा ६ पुरुष र ६ महिला गरी १२ जना
  • मकवानपुरगढी गाउँपालिकामा २७ पुरुष र ११ महिला गरी ३८ जना
  • बागमती गाउँपालिकामा दुई जना पुरुष र एक जना महिला गरी ३ जना
  • कैलाश गाउँपालिकामा ७ जना पुरुष
  • मनहरी गाउँपालिकामा ५८ पुरुष र ५१ महिला गरी १०९ जना
  • भीमफेदी गाउँपालिकामा ८ पुरुष र १४ जना महिला गरी २२ जना
  • बकैया गाउँपालिकामा १२ पुरुष र ७ महिला गरी १९ जना
  • राक्सिराङ गाउँपालिकामा एक पुरुष र एक महिला गरी दुई जना
  • हाल ठेगाना नखुलेका २० पुरुष र १७ महिला गरी ३७ जना
  • अन्य जिल्लाका १९ पुरुष र ११ महिला ३० जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जिल्लाको इन्द्रसरोवर गाउँपालिमा भने हालसम्म डेंगु संक्रमितको बिरामी नभेटिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।