भाइटीकाको शुभ साइत सार्वजनिक

तु खबर संवाददाता
२०८१ कार्तिक १२,सोमबार १८:१९

काठमाडौं । नेपालीहरुको महान दोस्रो पर्व शुभ दिपवाली अन्तरगत भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको हो ।

सार्वजनिक साइत अनुसार, यस पटकको टीका कात्तिक १८ गते आइतबार बिहान ११ः ३७ बजे परेको छ । यस पटकको तिहान कात्तिक १३ गते मङ्गलबारदेखि सुरु हुँदैछ । भोलि मंगलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ ।

यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ । कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ ।

आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ । कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्नेछ भने कात्तिक १६ गते शुक्रबार औँशी र कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ ।

यसैगरी, कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ ।