बागमती प्रदेशः चाडपर्वमा सवारी दुर्घटनामा २४ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा चाडपर्वको समयमा सवारी दुर्घटनामा परेर २४ जनाको मृत्यु भएको छ । प्रदेशको काठमाडौं उपत्यकाको तीन जिल्ला बाहे्क अन्य जिल्लामा भएको सवारी दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरबाहेकका जिल्लामा दसैँको घटस्थापना अर्थात् असोज १७ गतेदेखि कात्तिक २० गते बिहानसम्म दुई सय ३० दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, ती दुर्घटनामा परी ६ सय २८ जना घाइते भएका छन् ।
चाडपर्वको समयमा वर्षा हुँदा ग्रामीण क्षेत्रका सडकमा समस्या हुने गरेकाले दुर्घटना बढेको जनाइएको छ ।
दुर्घटना न्यूनीकरणका लागि प्रहरीले हरेक सवारी चालकलाई प्रतिबद्धता, हरेक जिल्लामा नियमित तथा आकस्मिक जाँचलगायत गतिविधिलाई तीव्र बनाइएको छ ।