राष्ट्रपति पौडेलले दिए छठ पर्वको शुभकामना

तु खबर संवाददाता
२०८१ कार्तिक २२,बिहीबार ०९:०४
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै छठ पर्वको शुभकामना दिएका हुन् ।

उनले यस पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति– समृद्धि एवम् हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुगोस् भनी कामना गरेका छन् ।

छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवम् विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन् ।