सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै ट्रेड टावर
काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दैछ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि १५ औं वार्षिक साधारण सभा आव्हान गरेको हो ।
सभा होटेल क्रिष्टल पशुपति ट्रेड टावर गौशालामा हुने जनाएको छ ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्ने जनाइएको छ ।