माओवादी केन्द्रले पदाधिकारी बैठक बोलायो

तु खबर संवाददाता
२०८१ कार्तिक २३,शुक्रबार १५:२०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आइतबार बस्ने गरी पदाधिकारी बैठक बोलाएको छ ।

बैठक पेरिसडाँडामा आइतबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो ।

सो बैठकले केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने सचिव दिननाथ शर्माले जानकारी दिए ।

साथै उक्त बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रम लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

आगामी मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दलहरु केन्द्रीत हुन थालेका छन् ।