मकवानपुरमा डेंगु सक्रमितको संख्या १८०८ पुग्यो

तु खबर संवाददाता
२०८१ कार्तिक २३,शुक्रबार १७:२७

मकवानपुर । मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या एक हजार ८ सयभन्दा बढी पुगेको छ ।

जिल्लाको १० स्थानीय तहमा गरी डेंगु संक्रमितको कुल संख्या एक हजार ८०८पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ८७० जना महिला र ९३८ जना पुरुष रहेका छन् । यो संख्या गत साउन महिनादेखि आजसम्मको हो।

आज जिल्लामा ७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

कुन स्थानीय तहमा कति भेटिए डेंगुका बिरामी ?

  • हेटौंडा उपमहानगरपालिकामा १ हजार ४६४ जना
  • थाहा नगरपालिकामा १३ जना
  • मकवानपुरगढी गाउँपालिकामा ४६ जना
  • बागमती गाउँपालिकामा ३ जना
  • कैलाश गाउँपालिकामा ७ पुरुष
  • मनहरी गाउँपालिकामा १४६ जना
  • भीमफेदी गाउँपालिकामा ३१ जना
  • बकैया गाउँपालिकामा २२ जना
  • राक्सिराङ गाउँपालिकामा ३ जना
  • हाल ठेगाना नखुलेका ३७ जना
  • अन्य जिल्लाका ३६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।