माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
![](https://www.tukhabar.com/wp-content/uploads/2021/11/mawobadi-office.jpg)
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक हाल बस्दैछ । बैठक प्रचण्ड निवास खुमलटारमा बसिररहेको बैठक बसिरहेको सचिव गणेश साहले जानकारी दिए ।
उनका अनुसार, बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल भइरहेको छ ।
आइतबार नै पदाधिकारी बैठक बस्ने भनिएपनि अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित भएको थियो । स्थगित बैठक आज बसिररहेको हो ।