राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागका सदस्य मनोनीत

तु खबर संवाददाता
२०८१ कार्तिक २७,मंगलवार ०९:१६
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को स्थानीय तह परिचालन र पर्यटन विभागका सदस्य मनोनीत गरिएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधान बमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका सदस्य मनोनीत गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रमुख रहेको स्थानीय तह परिचालन विभागमा केन्द्रीय सदस्य भरत पाठक (नुवाकोट) लाई विभागको सदस्य–सचिव मनोनयन गरेका छन् ।

यस्तै, सदस्यमा सहायक महामन्त्री ताहिर अली (रुपन्देही), केन्द्रीय सदस्य रामहरि थापा (भक्तपुर), केन्द्रीय सदस्य तीर्थराज चटौत (कञ्चनपुर), केन्द्रीय सदस्य देवकुमारी पराजुली (स्याङ्जा) र केन्द्रीय सदस्य विनोद भारती (बारा) मनोनीत गरिएको छ ।

यसैगरी, सहायक महामन्त्री विजय खड्का प्रमुख रहेको पर्यटन विभागमा सदस्य–सचिवमा पर्यटन व्यवसायी गणेश रिमाल (धादिङ), सदस्यमा सांसद आशा लामा (काठमाडौँ), अर्जुन खनाल (कास्की), आराधना पुडासैनी (मोरङ), रामप्रसाद सापकोटा (धादिङ), रिना खड्का (काभ्रेपलाञ्चोक) र सुशील पन्त (गोरखा) मनोनीत भएका छन् ।

यस्तै, सदस्य तीर्थराज सुवेदी (कास्की), निर्मला इजम (ताप्लेजुङ), मेरिना श्रेष्ठ (सल्यान), कमल रिमाल (काठमाडौँ), किशोर खड्का (बझाङ), दावाकिपा शेर्पा (स्विट्जरल्याण्ड प्रवास), मेघनाथ आचार्य (रुपन्देही) र सगरमाथा आरोही दावा छिरी शेर्पा (दोलखा) मनोनीत भएका छन् ।