नेपालका राष्ट्रपति र माल्दिभ्सका राष्ट्रपतिबीच भेटवार्ता
बाकु । राष्ट्रपति रामचन्द्र पौडेल र माल्दिम्सका राष्ट्रपति डाक्टर मोहम्मद मुइजुबीच भेतवार्ता भएको छ । उनीहरुबीच मंगलबार अजरबैजानको बाकु सहरमा भेटवार्ता भएको हो ।
बाकु सहरमा सोमबारबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन पुगेको उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटको क्रममा नेपालीका राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले यस विषयमा द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्ताहरूमा सहकार्य गर्नुपर्ने बताएका छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को संस्थापक सदस्यका रूपमा नेपाल र माल्दिभ्सले दक्षिण एसियामा क्षेत्रीय सहयोगको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको राष्ट्रपति पौडेलले बताए ।
सो क्रममा माल्दिभ्सका राष्ट्रपति डाक्टर मोहम्मद मुइजुले जलवायु परिवर्तनको असर न्यूनीकरणमा माल्दिभ्स नेपालसहित विश्वसँगै मिलेर काम गर्न प्रतिबद्धता जनाएका थिए ।
उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकु पु्गेका राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।