दार्चुलामा दुर्घटना हुँदा सात जनाको मृत्यु
दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना हुँदा सात जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा, भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम रहेका छन् ।
प्रहरीका अनुसार, मृतक एक जनाको भने हाल सनाखत हुन सकेको छैन । साथै सोही दुर्घटनामा परेर अन्य जना घाइते भएका छन् ।
उक्त घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।