प्रहरीका एआईजीले पनि रातो पासपोर्ट पाउने
काठमाडौं । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुले पनि अब कुटनीतिक राहदानी (रातो पासपोर्ट) प्राप्त गर्ने भएको छ ।
सरकारले राहदानी नियमावलीको दोस्रो संशोधन गर्दै राहदानी पाउनेहरुको सूचीमा एआईजीलाई थप गरेको हो ।
उक्त सूचीमा राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य निर्देशक तथा नेपाली सेनाका उपरथी समेत रहेका छन् ।
यसअघि उक्त सूचीमा नेपाल सरकारका सचिव, नेपाली सेनाका प्रधान सेनापति र रथी तथा प्रहरीका महानिरीक्षकसम्म समावेश गरिएको थियो ।
यस्तै, सरकारले विशेष अवस्थामा साधारण तथा अस्थायी पासपोर्ट दिने व्यवस्थामा समेत संशोधन गरेको छ ।