चोरीका गरगहनासहित हेटौंडाबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले चोरीका गरगहनासहित हेटौंडाबाट बिहीबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा–७ कमाने बस्ने वर्ष ४२ को सन्तोष अधिकारीको घरबाट सुनको गरगहना, मोबाईल र नगद चोरी गर्ने दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ घर भई हाल हेटौंडा– ४, भैरवरोडस्थितमा डेरा गरी बस्ने २४ वर्षीय मनोज पुलामी मगर र हेटौंडा–७, नागस्वते बस्ने २५ वर्षीय धिरज विश्वकर्मा रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
प्रवक्ता अर्यालका अनुसार, गत कात्तिक ७ गते अधिकारीको घरबाट गरगहना, नगर र मोबाइल हगारएको घघटनामा खोजतलास गर्दा मनोजलाई फेला पारी सोधपुछ गरिएको थियो ।
सोधपुछको क्रममा चोरी भएको गरगहनामध्ये केही सुन धिरजलाई बिक्री गरेको भनि खुल्न आएपनि निजहरुलाई हिजो कात्तिक २९ गते पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरुको साथबाट सुन ३.५ तोला र चाँदी ५ तोला, एक थान मोबाइल बरामद गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई ७ दिनको म्याद अनुमति लिई घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।