जीपको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ मंसिर २,आईतवार ०९:०६

डोटी । डोटीको शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा जीपको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउद रहेको जिल्ला प्रहरी कार्यालय डाटीले जनाएको छ ।

प्रहरीका अनुसार, शनिबार साँझ डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक प्रकेश विक घाइते भएका छन् । घाइते उनलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि धनगढी पठाइएको छ ।

ठक्कर दिने जीप र चालककको खोजी भइरहेको भन्दै प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।