फलामको रड प्रहार गरी छिमेकीको हत्या, युवक पक्राउ
काठमाडौं । झापामा एक जनाको रड प्रहार गरी हत्या भएको छ । जिल्लाको झापा बाह्रदशी गाउँपालिका–५ फुलबारी बस्ने वर्ष २६ का मान कुमार राजवंशीले आफ्नै छिमेकी गङ्गा लाल माझीको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, २६ वर्षीय राजवंशीले पुरानो रिसिइबीको कारण विवाद हुँदा हिजो राति फलामको रडले टाउकोमा प्रहार गरेका थिए । रड प्रहारबाट गम्भीर घाइते माझीको उपचारको क्रममा विएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।
प्रहरीले रड प्रहार गर्ने राजवंशीलाई फलामको रडसहित पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।