दुई दिन केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको सम्मानमा मंसिर ३ र ४ गते गरी दुई दिन पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । यस्तै, बैठकले मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने र १३ औं दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने निर्णय समेत गरेको छ ।
ढुंगनाको ८३ वर्षको उमेरमा काठमाडौंको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको थियो । उनी कलेजोको समस्याबाट पीडित थिए ।