चितवनमा ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु
कबाठमाडौं । चितवनमा आज बिहान ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटले फिस्लिङमा ठक्कर दिँदा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा गोरखाको गण्डकी गाउँपालिका–६ की ४५ वर्षीया सीता प्रजा रहेकी छन् । ग्यास बुलेटको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
दुर्घटनापछि स्थानीयले आधा घण्टा बाटो अवरुद्ध पारेका थिए । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।