पूर्वमन्त्री लिलाबल्लभलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

तु खबर संवाददाता
२०८१ मंसिर ४,मंगलवार १७:४०

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका  पूर्वमन्त्री लिलाबल्लभलाई अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

जापान मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान मन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरस्लाई अनुमति दिएको हो ।

काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

मानव तस्करी आरोपमा विराटनगरबाट पक्राउ परेका अधिकारीमाथि काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ ।