राष्ट्रपतिद्वारा भारतीय स्थल सेनाध्यक्षलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान

तु खबर संवाददाता
२०८१ मंसिर ६,बिहीबार १६:४८
तस्बिरः नेपाली सेनाको फेसबुक पेजबाट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेना अध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

राष्ट्रपछि पौडेलले बिहीबार राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमबीच भारतीय स्थल सेना अध्यक्ष द्विवेदीलाई दर्ज्यानी चिह्न एवम् खड्ग प्रदान गरेका हुन् ।

दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।

भारतीय स्थल सेना अध्यक्ष द्विवेदी प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन् । उनी बुधबार नेपाल आएका हुन् ।

नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा छ ।