रास्वपाका सभापति लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदैछ ।
सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएसँगै उनलाई आज पुनः म्याद थपको लागि अदालत उपस्थित गराउन लागिएको हो ।
काठमाडौं र चितवनबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोले म्याद थप थपेर क्रमशः उनीमाथि अनुसन्धान गरिने तयारी रहेको छ ।