चीन जाँदै परराष्ट्रमन्त्री राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा यही मंसि १३ गते बिहीबार चीन जाने भएकी छन् ।
उनी जनवादी गणतन्त्र चीनको भ्रमणमा जान लागेकी हुन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उनको भ्रमणलाई स्वीकृत प्रदान गरेका सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
प्रवक्ता गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भमा परराष्ट्रमन्त्री राणको भ्रमणबारे पनि जानकारी गराएका हुन् ।
बैठकले परराष्ट्रमन्त्री राणाको मंसिर १३ गतेदेखि १५ गतेसम्मको भ्रमणको प्रतिनिधि मण्डलका सदस्यहरुको भ्रमण स्वीकृत गरेको प्रवक्ता गुरुङले बताए ।