हेटौंडा जेसीजको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता

मकवानपुर । हेटौंडा जेसीजको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता भएको छ । सोमबार भएको प्रतियोगितामा हेटौँडा क्याम्पस प्रथम भएको छ । हेटौंडा जेसीजका पूर्व अध्यक्ष देवेन्द्रध्वज कार्कीकी आमा अम्बिकादेवी कार्कीको स्मृतिमा भएको हाजिरीजवाफ प्रतियोगितामा हेटौंडा क्याम्पस प्रथम भएको जेसीजका कार्यकारी उपाध्यक्ष विवेक आनन्द न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा हेटौंडाकै जिएस निकेतन मावि द्वितीय भएको छ भने तुलसीमेहर मेमोरियल मावि तृतीय भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ९ हजार, ६ हजार र ३ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा १६ वटा शैक्षिक संस्थाका विद्यार्थीको सहभागिता रहेको थियो । हेटौँडा क्याम्पसका प्रमुख देवीराम लामाको प्रमुख आतिथ्यता तथा जेसीजका वर्ष सन् २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो । प्रतियोगितामा जेसीजका पूर्वअध्यक्ष कुशकुमार रिजाल, रवि नेपालको आतिथ्यता रहेको थियो । कार्यक्रम संयोजक सुदिन पौडेल रहेका थिए । कार्कीको सम्झनामा सन् २००८ देखि जेसीजले हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।