मकवानपुरको कैलाशमा बृहत साँस्कृतिक तथा कृषि मेला हुँदै

तु खबर संवाददाता
२०८१ मंसिर १२,बुधबार १५:२८

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा ‘बृहत साँस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी मेला २०८१’ हुने भएको छ ।

मेला कालिका मेला व्यवस्थापन समितिको आयोजना तथा कैलाश गाउँपालिकाको आर्थिक सहयोगमा हुने भएको हो ।

कला, संस्कृति, कृषि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कैलाश गाउँपालिका वडा नम्वर ३, कालिकाटारमा आयोजना हुने मेला मंसिर ३० गते र पुष १ गते गरी दुई दिनसम्म संचालन हुनेछ ।

मेलामा विशेष आकर्षणको रुपमा ऐतिहासिक मारुती नाच प्रद्धर्शन हुने आयोजकले जनाएको छ ।

मेलामा दर्जन बढी स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ । जसमा, चर्चित गायक उर्गेन दोङ, मकवानपुरे चर्चित गायक प्रकाश तामाङ, प्रतिमा अर्याल, रविन कुमार प्रजा, बालिका तामाङ, अविराम मोक्तान, डि.जे. च्याङ्बा, सुन्दर लामा, सजन चेपाङ, राजन लामा र माझी लगायतले प्रस्तुती दिनेछन् ।

यस्तै, मकवानपुरको चर्चित ब्याण्ड ‘सिक्स स्ट्रीङ ब्याण्ड’ र श्रृजना कला केन्द्रको प्रस्तुती पनि रहने जनाइएको छ ।