हेटौंडामा तीन दिने कृषि वन उद्यम सहकारी प्रर्वद्धन तालिम

तु खबर संवाददाता
२०८१ मंसिर १३,बिहीबार १०:००

मकवानपुर । मकवानपुरको हेटौंडामा तीन दिने कृषि वन उद्यम सहकारी प्रर्वद्धन तालिमको आयोजना गरिएको छ । तालिम ग्रिन फाउण्डेशन नेपालको आयोजनामा भएको हो ।

उक्त तालिम सामुदायिक वन उपभोक्ता महासंघको समन्वयमा मंसिर १० गतेदेखि १२ गतेसम्म संचालन गरिएको हो । तालिमको समापन बुधबार बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले गरेका हुन् ।

सो क्रममा उनले कृषि र वनसंग जोडेर उद्यम बन्नका लागि सबैमा आग्रह गरे । उनले तालिममा लिएको सिपलाई व्यवहारमा उतार्नुपर्ने जोड दिए ।

यस्तै, कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य तथा सामुदायिक वन उपभोक्ता महासंघका निवर्तमान अध्यक्ष भारती पाठकले कृषि र वनलाई जोडेर धेरै खालका उद्यम गर्न सकिने बताइन । अहिले बेसार उत्पादन गर्ने हो भने पनि धेरै पैसा आर्जन गर्न सकिने भन्दै उनले रुख काट्ने मात्र भन्दा पनि यसको उपभोग अहिलेको आवश्यकता रहेको बताइन् ।