बिहीबार ८ अंकले घट्यो नेप्से, साढे ८ अर्बको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्था बिहीबार । यसदिन सेयर बजार परिसूचक घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, आज बजार परिसूचक ८ दशमलव ३० अंकले घट्दा समग्र परिसूचक २ हजार ७४८ दशमलव ०५ विन्दुमा पुगेको छ ।
यसदिन ८ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १९७ कम्पनीको मूल्य घट्दा ४६ कम्पनीको मूल्य मात्रै बढेको जनाइएको छ ।
एउटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।