उपनिर्वाचनः मौन अवधिमा के–के गर्न पाइँदैन ?

तु खबर संवाददाता
२०८१ मंसिर १३,बिहीबार १७:१५

काठमाडौं । यही मंसिर १६ गते आइतबार हुने स्थानीय तहको उपनिर्वाचनको मौन अवधि आज रातिबाट लागू हुनेछ ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न आज राति १२ बजेदेखि मतगणना सम्पन्न नभएसम्म मौन अवधि लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार, सो अवधिमा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम विभिन्न नियमहरू पालना गर्नुपर्ने हुन्छ ।

आयोगले सो अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्ति सबैले आचारसंहिता पालन गर्नुपर्ने भन्दै एक सूचना जारी गरेको छ ।

 हेर्नुहास् सूचना ।

 

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab