गाडीको ठक्करबाट युवकको मृत्यु

तु खबर संवाददाता
२०८१ मंसिर १३,बिहीबार १७:२२
सांकेतिक तस्वीर

रूपन्देही । रुपन्देहीमा आज बिहान सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–८ भगतपुरवा बस्ने २५ वर्षीय छोटु सेख भन्ने ग्यासुदिन सेख रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, भगतपुरवास्थित सडकमा लुम्बिनीबाट रामापुर–कलौनीतर्फ जाँदै गरेको लु.२ च ४८६१ नम्बरको पिकअप गाडीले साइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिई उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।