हेटौंडा–१९ लाई आज बालमैत्री वडा घोषणा गरिँदै

तु खबर संवाददाता
२०८१ मंसिर १४,शुक्रबार १०:२६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ लाई आज बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–१९ का नरनाथ सुबेदीले जानकारी दिए ।

स्थानीय शासनयुक्त वडा घोषणा मुुल समारोह समिति संयोजक समेत रहेको उनले बालमैत्री स्थानीय शासन वडा घोषणा गर्नका लागि पूरा गरेको बताए ।

पछिल्लो समय हेटौंडा उपमहानगरपालिकामा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा क्रम बढ्दो छ । यसअघि हेटौंडा–२, ४, ७, ८, ९, १०, ११, १५ र १७ गरी ९ वटा वडालाई बालमैत्री वडा घोषणा गरिसकिएको छ ।